punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो, चाँदी स्थिर

Chaupati
safha napa

काठमाडौं। स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।

बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। 

बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


२६ भदौ २०८२, बिहीवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु