punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हमाल गृह तानिएपछि कैलाली आइपुगे नयाँ सीडीओ लम्साल

Chaupati
safha napa

धनगढी । कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद लम्साल आएका छन् ।

२४ साउनमा कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनालाई लिएर गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको ठाउँमा लम्साललाई पठाएको थियो ।

बिहीबार कैलाली आइपुगेका लम्सालले शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयको कमान्ड सम्हाल्दैछन् । दाङको प्रमुख जिल्ला अधिकारी रहेका लम्साललाई गृह मन्त्रालयले काजमा यहाँ पठाएको हो ।

कारागार घटनामा गम्भीर कमजोरी गरेको भन्दै गृह प्रशासनको कारवाहीमा परेका तत्कालीन सीडीओ हमाल भने बिहीबार कैलालीबाट बिदा भएका छन् । प्रशासनको कमाण्ड छाड्नुुअघि हमालले बिहीबार बिहान कैलालीका सुरक्षा प्रमुखसँग समिक्षात्मक बैठक गरेका थिए ।

शुक्रबार राति कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रुप लिदा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । उनीहरु मध्ये २७ जना डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ ।

 


३० साउन २०८२, शुक्रवार १०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु