punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र बझाङबाट २ जना फरार प्रतिवादी पक्राउ

Chaupati
safha napa

धनगढी। कैलाली र बझाङबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। कैलाीबाट लागुऔषध मुद्दा र बझाङबाट काठ ओसार पसार मुद्दाका प्रतिवादी पक्राउ परेका हुन्।

जिल्ला अदालत, कैलालीले २ महिना कैद सजाय र तीन हजार रुपैयाँ जरिबाना तोकेको धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले मङ्गलवार उनलाई धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट पक्राउ गरेको हो।

यस्तै, जिल्ला अदालत, बझाङले २०७७ साउन २० गते गरेको फैसला अनुसार २ महिना कैद सजाय र पाँच हजार जरिबाना तोकिएका केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय डबल धामी पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बागथला, बझाङको प्रहरी टोलीले धामीलाई मङ्गलवार घरबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कैद भुक्तानी तथा जरिबानाका लागि अदालतमा पेस गरिएको प्रहरीले बताएको छ।


२५ असार २०८२, बुधवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु