विश्व वातावरण दिवस मनाउन लम्कीचुहा पुगे मुख्यमन्त्री शाह, गरे वृक्षारोपण

धनगढी। विश्व वातावरण दिवस २०८२ का अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले वृक्षारोपण गरेका छन्।

बिहीबार दिवसको अवसरमा लम्कीचुहा नगरपालिका–३ को आयोजनामा मुक्त कमैया सामुदायिक वन बल्चौरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोट रोपेका हुन्।

सामुदायिक वनमा १५ सय कागती र पाँच सय अन्य प्रजातिका बोटबिरुवा रोपिएका छन्। यस्तै मुख्यमन्त्री शाहले दिवसकै अवसरमा लम्कीचुहा नगरपालिका–३ को कार्यालय प्राङ्गणमा समेत वृक्षारोपण गरेको उनको सचिवालयले जनाएको छ।

‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो।


२२ जेठ २०८२, बिहीवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु