पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले भ्रष्टाचार मुद्दा गर्दा गरेसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ ।
यसअघि एमडीएमएस खरिद प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
भ्रष्टाचार मुद्दा लागेसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । भ्रष्टाचार मुद्दा लाग्ने नेपाल नेपालका ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् ।
२२ जेठ २०८२, बिहीवार १३:५६ बजे प्रकाशित