महेन्द्र राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरवृद्धि गरिने
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100?
धनगढी। नेपाल सरकारले महेन्द्र राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरवृद्धि गर्ने भएको छ।
प्रतिनिधि सभाको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै महेन्द्र राजमार्गको पश्चिमी खण्ड स्तरवृद्धि गर्ने बताएका हुन्।
नेपाल सरकारले महेन्द्र राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरवृद्धिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ। उनले भने, ‘पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ। त्यसका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छु।’
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन्।
१५ जेठ २०८२, बिहीवार १९:०३ बजे प्रकाशित













