punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्व क्षयरोग दिवसको अवसरमा  सुदुरपश्चिम प्रदेशमा जनचेतना मुलक अभियान संचालन गरिँदै

Chaupati
safha napa

धनगढी। विश्व क्षयरोग दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्षयरोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्न विविध कार्यक्रमहरू गरिँदै छन् ।

“हो! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने मूल नारासहित यस वर्ष विश्व क्षयरोग दिवस भोलि चैत १० गते मनाइदैछ।

विश्व क्षयरोग दिवसको अवसरमा आज धनगढीमा आयोजित  सञ्चारकर्मीसँग  अन्तरक्रिया कार्यक्रममा क्षयरोगको अवस्था, चुनौती र समाधानका उपायहरूबारे छलफल भएको थियो।

यसैगरी,  चैत १० गते (भोलि) बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । चौराहाबाट सुरु हुने प्रभातफेरी शुभश्री प्यालेसमा पुगेर समापन हुनेछ । त्यसपछि विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम गरिने आयोजकले बताए । विद्यार्थीहरूलाई क्षयरोगको लक्षण, रोकथाम र उपचारबारे जानकारी दिइने  स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले  जानकारी दिए।

यस्तै चिकित्सकहरूसँग समेत क्षयरोगसम्बन्धी अन्तरक्रिया गरिने र यसले सरकारी र निजी क्षेत्रबीच सहकार्य सुदृढ बनाउन सहयोग पुग्ने स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

दिवसकै अवसरमा भोलि नै धनगढीमा सञ्चारकर्मीसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।  यस्तै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेसमेत निर्देशक कार्कीले जानकारी दिए।

प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छन्  भने ८८ वटै स्थानीय तहमा समेत दिवस मनाउन सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार गरिएको एचआइभी एवं क्षयरोग फोकल पर्सन मनोज ओझाले बताए।

क्षयरोग अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चुनौतीका रूपमा रहेको भन्दै सरोकारवालाहरूले यसको अन्त्यका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूले समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना अभिवृद्धि नै क्षयरोग नियन्त्रणको मुख्य उपाय भएकोमा ओझाले जोड दिएका छन्।


९ चैत २०८२, सोमवार २१:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु