punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नेपाल खेलकुद महासघंले भलिवल प्रतियोगिता आयोजना गर्दै, बिजेताले एक लाख पाउने

Chaupati
safha napa

धनगढी। धनगढीमा प्रथम नेकोस सुदुरपश्चिम स्तरिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ । नेपाल खेलकुद महासघं सुदुरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ २९ देखी ३१ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक खेलकुद महासघं सुदुरपश्चिम प्रदेशले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

तिन दिनसम्म धनगढी रगंशालामा प्रतियोगिता सञ्चालन हुने आयोजक खेलकुद महासघं सुदुरपश्चिमका अध्यक्ष प्रकाश कुमार चन्दले बताए । प्रतियोगिताको बिजेतालाई नगद १ लाख विजेता टिमलाई एक लाख एक हजार १११, द्वितिय हुने टिमलाई ५१ हजार र तृतिय हुने टिमलाई ३१ हजार नगदसहित ट्रफी प्रदान गरिने जानकारी दिए । ‘प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिवरोलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ,’ चन्दले भने ।

अध्यक्ष चन्दका अनुसार प्रतियोगितामा जिल्लागत रुपमा टिम सहभागी गराइने र खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने नियम बनाइएको छ । विभागीय टोलीलाई भने प्रतियोगितामा सहभागी नगराइने चन्दले जानकारी दिए । प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमलाई भलिबलको माध्यमबाट राष्ट्रव्यापी रुपमा चिनाउन र सुदूरपश्चिमलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने अभियानमा टेवा पुगाउने सहयोग पुग्ने चन्दको विश्वास छ । प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक र १२ जना मान्यता प्राप्त रेफ्रीहरुको सहभागिता रहनेछ आयोजकले जनाएको छ ।


३ जेठ २०८२, शनिवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु