punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका कानुन सचिव सुवेदीको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिको विरोध

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव लिलाधर सुवेदीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति गम्भीर आपत्ति जनाएको छ।

सचिव सुवेदीले अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र ईविगुल डटकममा प्रकाशित समाचारको लिंक सेयर गर्दै ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्ने अभिव्यक्ति लेखेका थिए। महासंघले उक्त अभिव्यक्तिलाई पत्रकारिता पेसामाथि नियोजित हमला र प्रेस स्वतन्त्रताको उपहास भएको ठहर गरेको छ।

महासंघका अध्यक्ष  भरत शाहले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै सचिव सुवेदीले आफूविरुद्ध आएका समाचारप्रति असहमति जनाउनु कानुनी अधिकार भएपनि समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने किसिमले अभिव्यक्ति दिनु निन्दनीय भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै पत्रकारले पैसा लिएर समाचार लेखेको प्रमाण सचिव सुवेदीसँग छ भने त्यसलाई महासंघमा ल्याएर आवश्यक अनुसन्धान र कारबाहीका लागि सहयोग गर्न सकिन्छ।’

महासंघले निजामति सेवामा बसेका एक उच्च पदस्थ कर्मचारीले पदीय मर्यादा विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिनु न केवल आचारसंहिता विपरीत भएको, तर यसले कर्मचारीतन्त्रको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको जनाएको छ।

सचिव सुवेदीले अघिल्लो समय पनि सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्दै आएका थिए भन्ने आरोप लगाउँदै महासंघले यस्ता हर्कत बन्द गर्न र भविष्यमा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी दिएको छ।

साथै, सुदूरपश्चिम प्रदेश सरकारसँग निजामति सेवामा रहेर मर्यादाभन्दा बाहिर गएका सुवेदीजस्ता कर्मचारीमाथि कारबाहीको माग समेत गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरुको सम्मानका लागि आवश्यकता परे थप आन्दोलनको कार्यक्रम समेत घोषणा गर्न सक्ने संकेत गरेको छ।


२१ वैशाख २०८२, आइतवार १०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु