माता पार्वती विद्यामन्दीरको बस घोडाघोडीमा दुर्घटना, धनगढी थिए चालक
कैलालीमा माता पार्वती विद्यामन्दीरको बस दुर्घटनामा परेको छ । घोडाघोडी नगरपालिका ४ जनकपुरमा रहेको माता पार्वती विद्यामन्दीरको से.१ ख १०४२ नम्बरको बस दुर्घटनामा परेको अस्थायी प्रहरी पोष्ट महलमानपुरले जानकारी दिएको हो । सोमबार बिहान विद्यार्थी लिन जादै गर्दा घोडाघोडी नगरपालिका–९, रतिपुरमा बस अनियंत्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनाका कारण बसमा सवार चालक सहित चार जना सामान्य घाइते रहेको र बसको ढोका तर्फको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना हुदा चालक घनगढीमा थिए
विद्यालयको बस दुर्घटनामा परेको खबर पाएर घटना स्थल पुगेको प्रहरीलाई विद्यालयका सञ्चालक धर्मेन्द्र हमालले दिएको जानकारी अनुसार चालकको नाम मान बहादुर शाही रहेको छ । तर मानबहादुर शाही धनगढीका स्थानीय भएको खुलेको छ । यता विद्यालयको बस दुर्घटनामा पर्दा मानबहादुर धनगढीमै रहेकाले बस दुर्घटनाका बारेमा उनलाई कुनै जानकारी नै छैन । मानबहादुर भन्छन् “धर्मेन्द्र मेरा भान्ज हुन । भान्जले विद्यालय चलाउदै छु भने पछि केहि दिन पहिले मैले नै बस पठाइदिएको हुँ । म धनगढीमै छु । कहाँ घोडाघोडीमा गएर बस पल्टाउनु । अरु केहि कुरा होला ।” भनेर मानबहादुरले हामी संग सोझो कुरा गरेमा थिए ।
त्यस्तै, दुर्घटनाका एक प्रत्यक्षदर्शीका अनुसार बस चालक सोहि विद्यालयका एक जना शिक्षक आफैले चलाएको उनले हामीलाई बताएका छन् । उनी भन्छन् “हामीहरुले ती शिक्षकलाई गाली समेत गर्यौं । धन्न विद्यार्थी नभएको मौका परेर ठुलो दुर्घटना हुन बाट बच्यो । विद्यार्थी भएको भए के हुन्थ्यो । अझ् बसले स्लिप खाएको कुरा गर्दै थिए । ती शिक्षक हामीले हप्काएपछि चुपलागेका थिए ।” उनका अनुसार ग्रामिण भेगमा चल्ने सवारी साधनमा समेत ट्राफिक प्रहरीले चासो दिन जरुरी रहेको बताए ।
कानुनी प्रक्रिया पुरा नगरेर गएको वर्ष डाइनामिक एकेडेमीका नामले विद्यालय सञ्चालनमा ल्याउन खोज्दा विवाद बढेपछि विद्यालय नै बन्द गर्नु परेको विद्यालय अहिले माता पार्वतीका नामबाट सञ्चालनमा आएको भएपनि विवादको घेराबाट बाहिर आउन भने सकेको छैन । सोमबार भएको बस दुर्घटनामा ड्राइभर लुकाएको विषयले झनै अभिभावकमा डर र शंका उत्पन्न भएको छ ।
१५ वैशाख २०८२, सोमवार १७:२७ बजे प्रकाशित













