#belauri nagarpalika
#belauri

सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो

#belauri
#bhimdat

धनगढी। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दफावार छलफलपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्य सूचि रहेको थियो। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधि सभामा सोमवार प्रस्तुत गर्ने कार्य सूचि रहेकोमा हटाइएको हो। प्रतिनिधि सभामा प्रस्तुत विधेयक प्रस्तुत गर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस भनि प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेकोमा दुबै हटाइएको छ। प्रतिनिधि सभाको सोमवार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो ३ बजेसम्म लम्बिएपछि कार्यसूचीबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८१ प्रस्तुत र पारित गर्ने कार्यसूची सभामुखले हटाएका हुन्।

प्रतिनिधि सभाको सोमवार बिहान ११ बजेबाट सुरु भएको बैठकको कार्यसूचीको ४ नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। प्रतिनिधि सभाको बैठक शिक्षकहरुको आन्दोलन केन्द्रीत भएपछि विश्वविद्यालयको विधेयक प्रतिनिधि सभामा पेस नभएको हो। तर, प्रतिनिधि सभाको सोमवारको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकामा पारित भएको छ। सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मङ्गलवार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने दाबी गरिएको छ।

राष्ट्रिय सभामा पेस गरेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक २०८० माघ २९ गते पास भएको थियो। राष्ट्रिय सभाबाट पारित गरिएको विधेयक प्रतिनिधि सभामा आएको हो। कैलालीको गेटामा चिकित्सा शिक्षासहितको अस्पताल सञ्चालनका ऐन निर्माणको प्रक्रियामा रहेको छ।


१५ वैशाख २०८२, सोमवार १५:४७ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु