ऐतिहासिक कर्णाली चिसापानी–धुलिकोट पदयात्राको तयारी तिब्र

कैलाली। कैलालीमा आयोजना हुन गैइरहेको ऐतिहासिक कर्णाली चिसापानी–धुलिकोट पदयात्रा प्रतिस्पर्धाको तयारी तिब्र पारिएको छ ।

पर्यटन प्रवर्धन र धुलिकोट दरबारको ऐतिहासिकतालाई झल्काउने उदेश्यले यहि बैशाख १८ गते कर्णाली चिसापानी देखि धुलिकोट दरबार सम्मको प्रतिस्पर्धात्मक पदयात्राको तयारी तिब्र पारिएको आयोजक नवलसिंह रावल फाउण्डेशनका अध्यक्ष तपेन्द्र रावलले जानकारी दिएका छन् ।

विहान ७ बजेदेखि ११ बजेसम्म हुने प्रतिस्प्रर्धाका लागि अहिले निमन्त्राण बाढ्ने काम सुरु भएको छ भने प्रतिस्पर्धा हुने मार्गको सरसफाँइ देखि त्यसको चारवटा खण्डमा चेक पोइन्टमा निर्माणको कार्य सकिएको छ । पदयात्राको बिचमा लेन मिच्ने प्रतिस्पर्धीहरुको ड्रोनद्वारा अनुगमन गर्नका लागि निर्णायक मण्डल गठन गरिएको छ । भने प्रतिस्पर्धामा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै आयोजकले प्रथामिक उपचार, खानेपानी व्यवस्थापन तथा उद्धार कार्यदल गठनको तयारीमा जुटेको आयोजकले जनाएको छ ।

चिसापानीको खेलमैदान देखि राजकाँडाको धुलिकोट दरबार सम्मको करिबन सात किलोमीटरको पदयात्रा प्रतिस्पर्धामा सुदुरपश्चि प्रदेशबाट संघ,राष्ट्रियसभा, प्रदेश र स्थानिय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिहरुले मात्र सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ ।

तिनलाख ५० हजार नगद पुरस्कार राशी रहेको पदयात्रामा प्रथम हुने महिला र पुरुष प्रतिस्पर्धिले नगद एकएक लाख पाउने छन भने द्वितिय हुने महिला र पुरुषले ५०/५० हजार नगद पुरस्कार र त्यसैगरी तृतिय हुने महिला र पुरुष प्रतिस्पर्धिले नगद २५/२५ हजार पाउने आयोजकले जनाएको छ । भने कार्यक्रमको उद्धघाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेद्वारा गरिने आयोजकले जनाएको छ


२ वैशाख २०८२, मंगलवार २१:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु