punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियाको दुर्गा मन्दिरमा पूर्व माओवादी लडाकुले कैनीको हत्या गरेको खुलासा !

Chaupati
safha napa

धनगढी। कैलालीको अत्तरिया क्षेत्रका सडक पेटीहरूमा बस्दै आएका जगदीश कैनी गत चैत २७ गते मृत भेटिए। जिल्लाको गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिरमा हत्या गरेको अवस्थामा ३५ वर्षीय कैनी मृत भेटिएका थिए।

डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी केही वर्षदेखि सडक पेटीमै बस्दै आएका प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनी सडक पेटीमा बस्ने अन्य व्यक्तिहरूसँगै अत्तरिया क्षेत्रमा माग्दै हिड्ने व्यक्ति हुन्। बढिजसो राति अत्तरियाकै दुर्गा मन्दिर परिसरमा बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटना भएको राति समेत उनी दुर्गा मन्दिरमै सुतिरहेका थिए।

तर, उनी सुुतेकै अवस्थामा टाउकोमा ढुङ्गा प्रहार गरेर निर्मम हत्या भयो। दुर्गा मन्दिरमा सुतिरहेका बेला हत्या गरेर शव घिसारेर मन्दिरको पछाडिसम्म पुगाएको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा उनी जस्तै सडक पेटीमा बस्दै आएका तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको विवरण आधिकारिक रूपमा प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ पर्नेमा दुई जना पुरुष र एक महिला छन्। उनीहरू मध्ये शारीरिक अपाङ्गता भएका पुरुष र महिला भने पूर्व माओवादी लडाकु हुन्। दुवै जना एक अर्कालाई श्रीमान श्रीमतीका रूपमा चिनाउने गर्छन्। प्रहरीले सङ्कलन गरेको सीसीटीभी फुुटेजमा उक्त राति पक्राउ परेका मध्ये पूर्व माओवादी लडाकु मन्दिरभित्र प्रवेश गरेर केही बेरमा फर्किएको देखिन्छ।

उनैले प्रहरीलाई कैनीको हत्या आफैँले गरेको बयान दिएका छन्। ‘मेरो श्रीमतीलाई जिस्काउने, मलाई अपाङ्ग देखेर होच्याउने, पैसा चोर्ने काम गर्थे। त्यसैले ढुङ्गा प्रहार गरेर हत्या गरेको हुँ,’ उनले प्रहरीलाई बयान दिएका छन्। उनले हत्यापछि शव घिसारेर मन्दिरको पछाडि फालेको समेत स्वीकार गरेका छन। उनले एक्लैले कैनीको हत्या गरेको दाबी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कविन्द्र बोहोराले अनुसन्धान जारी रहेको बताए। अनुसन्धानका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको उनले बताएका छन्। तर, अनुसन्धान पूरा नभएको उनको भनाइ छ।

प्रहरीले बरामद गरेका आरोपीतका लुगामा रगत समेत लागेको भेटिएको छ। तर, कैनी शारीरिक रूपमा अपाङ्ग भएकाले बयान र घटनाको प्रकृति अनुसार एक्लैले हत्या गरेको कुरा असम्भव जस्तो छ। प्रहरीले उनको बयानअनुसार अन्य सबुत प्रमाण समेत सङ्कलन गर्ने काम गरिरहेको जनाएको छ। प्रहरीले हत्यामा प्रयोग गरिएको ढुङ्गा समेत बरामद गरेको छ। घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको छ।


३ वैशाख २०८२, बुधवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु