punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते

Chaupati
safha napa

डोटी, साउन २७ । डोटीको आदर्श गाउँपालिकामा घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

गए राति एक बजेतिर गाउँपालिकाको वडा नम्बर १ बाँझककानीका नुगे लोहारको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ ।

लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घर भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।


२७ साउन २०७७, मंगलवार ०२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु