गेटा विश्वविद्यालयमा दुई सहकुलपति रहने
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82
धनगढी । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सहकुलपति रहने भएका छन्। शिक्षा र स्वास्थ्य मन्त्रालयलाई समायोजन गर्नका लागि यो सहमति भएको हो। संसदीय समितिको सहमतिअनुसार शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री सहकुलपति रहनेछन्। स्वास्थ्यसँग सम्बन्धित भएकाले स्वास्थ्यमन्त्री पनि सहकुलपति रहने प्रस्ताव अघि बढाइएको हो।
अन्य विश्वविद्यालयमा एक जना सहकुलपति रहने चलन भए पनि नेपालमा पहिलो पटक दुई जना सहकुलपति रहने व्यवस्था गरिँदैछ। सभापति शिक्षा मन्त्री हुनेछ भने सहकुलपतिहरूले निर्णय प्रक्रियामा कार्यकारी अधिकार प्रयोग गर्नेछन्।
प्रधानमन्त्री कुलपति भए पनि उनको भूमिका सेरेमोनियल मात्र हुनेछ। विश्वविद्यालयका अन्य पदाधिकारीमा उपकुलपति, रजिष्ट्रार, डीन, प्रिन्सिपल, र अस्पताल निर्देशक रहेका छन्।
१२ चैत २०८१, मंगलवार १२:२० बजे प्रकाशित














