सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

काठमाडौँ।सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


५ फागुन २०८१, सोमवार १३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु