दाङमा आधा किलो सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित युवक पक्राउ

दाङ । प्रहरीले आधा किलो अवैध सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित दाङमा एक युवकलाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेका छन् ।

उनलाई सो परिणामको सुन र पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


२८ माघ २०८१, सोमवार ०१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु