punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एआईजी रविन्द्र केसीले दिए राजीनामा

Chaupati
safha napa

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको दबाबपछि उनी राजीनामा दिन बाध्य भएको स्रोतले जनाएको छ।

गृह मन्त्रालयको निर्देशनमा चैत ५ गते अवकाश पाउन लागेका डिआइजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई राजीनामा दिन लगाइएको स्रोतको दाबी छ।

केसीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन्। गत पुस २६ गते मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवाको एक महिनामै उनले पदबाट राजीनामा दिए। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

गएको पुस १७ गते बसेको बढुवा समितिले कुवेर कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। त्यसपछि केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको थियो।

सेवा अवधिको ४० दिन बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनको राजीनामा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ। राजीनामा स्वीकृत भएसँगै कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी जनक भट्टराई एआईजीमा बढुवा हुनेछन्।


२८ माघ २०८१, सोमवार ००:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु