अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

डडेल्धुरा। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो। त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ। भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो।


३० मंसिर २०८१, आइतवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु