कञ्चनपुरबाट अजिङ्गरको उद्धार
धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका(४, शान्तिपुरस्थित उखुबारीमा फेला परेको १३ फिट लम्बाइ र ३१।५८० किलोग्राम तौलको वयस्क बर्मी अजिङ्गरको उद्धार गरिएको छ।
कुण्डा सब-डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवका अनुसार स्थानीयको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको छ।
यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृगलाई आहारा बनाउने र खेतबारीदेखि सुक्खा जंगलसम्म बासस्थान बनाउने बताइएको छ।
३० मंसिर २०८१, आइतवार १२:५५ बजे प्रकाशित













