फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य हिजोको तुलनामा बढेको छ। हिजो चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य हिजोको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

 


२३ कात्तिक २०८१, शुक्रवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु