तोलामा २ हजारले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२३ कात्तिक २०८१, शुक्रवार १२:३५ बजे प्रकाशित













