punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख रुपैयाँ अनुदान

Chaupati
safha napa

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो । प्रति पाडाबाच्छी रु १० हजारका दरले किसानलाई अनुदान दिइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो ।

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप अनुदानको कार्यक्रम सञ्चालन गरिएको चौधरीले बताउनुभयो । कार्यक्रमका लागि रु ७० लाख बजेट भएपनि ८६ दशमलव २९ प्रतिशत मात्रै प्रगति भएको उहाँको भनाइ छ ।

तीन सय ३१ कृषकबाट छ सय १८ पाडाबाच्छीको प्रस्ताव आएपनि तीन सय २७ कृषकका छ सय चार पाडाबाच्छीलाई मापदण्डका आधारमा अनुदान उपलब्ध गराइएको चौधरीले बताउनुभयो ।

गत वर्ष एक सय ६० जना किसानलाई जनही रु १० हजारका दरले रु १६ लाख वितरण गरिएपनि यस वर्ष यो कार्यक्रममा कृषकको आकर्षण बढेको चौधरीले उल्लेख गर्नुभयो । डा चौधरीका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा चौधरीले भन्नुभयो, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

केन्द्रका अनुसार व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरुप अनुदान दिइएको छ ।


२७ असार २०८१, बिहीवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु