punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्रीहरू बोइङ यानको सुरक्षित पृथ्वी फिर्तीमा विश्वस्त

Chaupati
safha napa
वासिङ्टन डिसी । गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्नुभएका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही हप्ता अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ ।
इन्जिनियरहरूले प्राविधिक समस्याहरू समाधान जारी राख्दा दुई अन्तरिक्ष यात्रीलाई निर्धारितभन्दा लामो समयसम्म अन्तरिक्षमा राखिएको हो । विलियम्स र विल्मोरले अन्तरिक्षबाट आफ्नो पहिलो पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गर्नुभएको छ ।
विभिन्न सुरक्षा चिन्ताका कारण स्टारलाइनर प्रक्षेपणका क्रममा शृङ्खलाबद्ध ढिलाइको अनुभव गरेको थियो । विलियम्स र विल्मोर बोइङ–निर्मित स्टारलाइनर क्याप्सुलको ऐतिहासिक परीक्षण मिसनमा पहिलो मानव चालक दल हुनुहुन्छ ।
स्टारलाइनरले आफुलाई पृथ्वीमा फिर्ता ल्याउन सक्ने विश्वास दुई अन्तरिक्ष यात्रीले व्यक्त गर्नुभएको छ । यद्यपि नासाले अन्तरिक्ष यात्रीहरूका लागि अनुमानित फिर्ती मिति साझा गरेको छैन । विल्मोरले उहाँहरूलाई घर पुर्याउने स्टारलाइनरको क्षमतामा पूर्णरूपमा विश्वस्त रहेको बताउनुभयो ।
“अन्तरिक्ष यान हामीलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम छ भन्नेमा म विश्वस्त छु, कुनै समस्या छैन”, विलियम्सले आइएसएसबाट पत्रकारहरूलाई भन्नुभयो, “हामी यहाँ थप दुई हप्ता रहनुपर्दा मेरो कुनै गुनासो छैन, बुचको कुनै गुनासो छैन ।” भारतीय मूलका नासाका अन्तरिक्ष यात्रीको अन्तरिक्षमा यो तेस्रो यात्रा हो ।
विल्मोर र विलियम्सले नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसनका लागि फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनमा स्पेस लन्च कम्प्लेक्स–४१  बाट युनाइटेड लन्च एलायन्स एटलस ५ रकेटमा जुन ५ मा प्रक्षेपण गर्नुभएको थियो ।

२७ असार २०८१, बिहीवार १७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु