पहिरोको जोखिममा रहेका चौरपाटीका ९ परिवारलाई सुरक्षित स्थानमा सारियो

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनी सेलपाखामा पहिरोको उच्च जोखिममा रहेका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

गाउँपालिकाले सुरक्षाकर्मीको सहयोगमा पहिरोको जोखिममा रहेका परिवारलाई नजिकैको सामुदायिक स्वास्थ्य इकाईमा सुरक्षित बासको लागि व्यवस्थापन गरेको हो ।

साथै विस्थापित परिवारलाई गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँले त्रिपाल उपलब्ध गराएका छन् ।


२३ असार २०८१, आइतवार १९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु