गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा, कहिले हुन्छ सुनुवाई ?
काठमाडौं, असार ७ । गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १६ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको हो । शुक्रबार निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए ।
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
७ असार २०८१, शुक्रवार १७:४४ बजे प्रकाशित












