बाजुरामा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु

बाजुरा, जेठ ३ । बाजुरामा काफलको रुखबाट लडेर बुधबार एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडी बस्ने वर्ष ६१ की मनादेवी भारती सोही ठाउँको रानीवन जंगलमा काफल टिप्ने क्रममा लडेर मृत्यु भएको हो ।

घरबाट काफल टिप्न भनि निस्केकीमा अबेरसम्म घर नफर्किएपछि खोज तलास गर्दा उनलाई आज (बिहीबार) बिहान मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

उनी रुखबाट करिब ४० मिटर तल खसेकी थिइन् । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


३ जेठ २०८१, बिहीवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु