डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ चेल्फीस्थित भुमिदेव सामुदायिक वन भित्र चितुवा मृत फेला परेका छ ।

अन्दाजी ५ वर्षको चितुवा कम्मरमा घाउ भएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

चितुवा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त भएपछि त्यहाँ पुगेर प्रहरी चौकी बेलापुरको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ ।


३ जेठ २०८१, बिहीवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु