इन्टरनेट सेवा प्रदायकले टेरेनन् सरकारको टिकटक बन्द गर्ने निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पनि इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारको सो निर्णय मानेका छैनन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारै पत्र लेखेर इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न भनेको थियो ।

तर, अहिले पनि टिकटक बन्द भएको छैन । यसरी सेवा प्रदायकले निर्देशन अटेर गरेपछि प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ ।


२८ कात्तिक २०८०, मंगलवार १८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु