आज नेवार समुदायमा म्हः पूजा

काठमाण्डौ । आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा गरिदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः)पूजा पर्व मनाउने गर्दछन् ।
आज भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह: पूजा मनाएका छन् । यस्तै, आज भाइटीका पनि मनाउँदै छन् । यस्तै, ललितपुरका केही नेवार समुदायले पनि आजै भाइटीका गर्दैछन् ।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर २७ गते हिजो म्हस् पूजा र २८ गते आज भाइटीका मनाउन आह्वान गरेको थियो ।
२८ कात्तिक २०८०, मंगलवार ०९:०६ बजे प्रकाशित