प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री बस्नेत र जनार्दन शर्मा समेत भूकम्प प्रभावित क्षेत्र प्रस्थान

गएरातिको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएका जाजरकोट तथा आसपासका जिल्लामा राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्ड, ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री एवं सांसद जनार्दन शर्मासहितको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएका छन् ।

‘भूकम्प प्रभावित जाजरकोटलगायतका जिल्लाहरूमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मा. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र मा. पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्यकर्मी र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गर्नुभएको छ,’

‘सुर्खेत र काठमाडौंबाट हेलिकप्टर र स्काइ ट्रक तथा नेपाल एयरलाइन्सको जहाज स्वास्थ्यकर्मी र सामाग्रीसहित प्रभावित क्षेत्रमा प्रस्थान गर्दै हुनुहुन्छ,’ उनले अगाडि लेखेका छन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले कैयन घर भत्किएका छन् भने १२८ जनाको मृत्यु भइसकेको छ

 


१८ कात्तिक २०८०, शनिवार ०८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु