सुदुर पश्चिम लगायत काठमाडौंमा भुकम्पको धक्का महसुस

सुदुर पश्चिम लगायत देशका विभिन्न ठाउँमा  शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११ः५० बजेतिर सुदुरपश्चिमका विभिन्न जिल्ला लगायत काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

शुक्रबार मध्य राति आएको भुकम्पको धक्का नेपाल, भारत र पाकिस्तानमा समेत महशुस गरिएको  बताइएको छ । भुकम्पको अनुमानित म्याग्निच्युड ६.४ रेक्टर रहेको छ ।

कर्णाली प्रदेशस्थित नायकवाडा केन्द्रविन्दु रहेर ६.४ म्याग्निच्यूड हाराहारीको भुइँचालो गएको भुइँचालो मापन गर्ने एपहरूले जनाएका छन्।

भुकम्पबाट जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए।

भुकम्प कहाँ कहाँ गयो र के कति क्षति भयो भन्ने विषयमा थप जानकारी आउन बाँकी छ।


१८ कात्तिक २०८०, शनिवार ००:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु