राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

काठमाण्डौ । राष्ट्रिय सभाको बैठक आउँदो कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ।

राष्ट्रिय सभाको  बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण भएको  राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि गएको असोज २९ गतेको सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।


१० कात्तिक २०८०, शुक्रवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु