चिर्पटले हानेर गरे श्रीमानले श्रीमतीको हत्या

खोटाङ । मादक पदार्थ सेवन गरेका श्रीमानले दाउराको चिर्पट प्रहार गर्दा खोटाङमा श्रीमतीको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा ३६ वर्षीय लाक्पा डिकु शेर्पाको मृत्यु भएको हो ।

सामान्य वादबिवादका क्रममा दावाले बिहिबार साँझ चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीले लाक्पा डिकुको शव घर भन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला पारेको थियो । घटनाको जानकारी आएपछि अस्थायी प्रहरी बिट रत्नपार्क दिक्तेलबाट खटिएको प्रहरीको टोलीले दावालाई नियन्त्रणमा लिएको छ ।


१० कात्तिक २०८०, शुक्रवार १९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु