punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्याउलेमा आजदेखि गौरापर्व विशेष मेला सुरु हुने

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा आजदेखि गौरापर्व विशेष मेला सुरु हुने भएको छ। स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि १५ गतेसम्म मेला लाग्ने भएको हो।

मेला आज दिँउसो २ बजेबाट सुरु हुने जनाइएको छ। धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने भएको हो। स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागि सहकार्य गरेका हुन्।

मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनि उपस्थीती रहने बताइएको छ। मेलामा फरक फरक दिन दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागिता रहने छ।


११ भदौ २०८०, सोमवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु