धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, प्रेमी पक्राउ
कैलालीको धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन्। विहिबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा परेकी हुन्। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिका धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै थिइन।
घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए।
८ भदौ २०८०, शुक्रवार १६:३० बजे प्रकाशित































