punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ४ अस्पतालबाट हटाइयो स्वास्थ्य बिमा सेवा

Chaupati
safha napa

सुदूरपश्चिमका ४ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ । हटाइएकामध्ये सबै कैलालीमा अवस्थित छन् ।

कैलालीको गेटा आँखा अस्पताल, घोडाघोडी हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटलबाट स्वास्थ्य बिमा बोर्डले प्रदान गर्दै आएको बिमा उपचार सेवा हटाइएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म ती अस्पतालहरूबाट बिमा सेवा हटाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ ।

कैलालीका ४ स्वास्थ्य संस्थासहित देशभरिका २६ वटाबाट स्वास्थ्य बिमा हटाइएको बोर्डले जनाएको छ ।

अब देशभर स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४ सय ३१ स्वास्थ्य संस्थाबाट मात्रै सो बिमा कार्यक्रम प्रवाह हुने बोर्डले जनाएको छ ।


८ भदौ २०८०, शुक्रवार १५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु