punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको सेती अस्पतालमा पूर्व माननीयका भाइको मृत्यु, लापरबाही गरेको भन्दै आन्दोलन

Chaupati
safha napa

धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु  भएपछि तनाव सिर्जना भएको छ। सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने सुदूरपश्चिम प्रदेश सभाकी पूर्व सदस्य मालामती रानाका ४० वर्षीय भाई अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो।

बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्। मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म नआएपछि मृत्यु भएको बताइन्।

‘उहाँ एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ। ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन। दुई बजेतिर फेरी बेहोस् भएर उहाँको मृत्यु भयो।’

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरको लापरवाहीको कारण भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर कारवाही नहुँदासम्म शव नउठाउने बताइन्। ‘यो अस्पतालमा जहिल्यै लापरवाही हुने गरेको थियो। आज यहाँका डाक्टरको लापरवाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारवाही नगरेसम्म हामी शव उठाउदैनौँ।’

प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको र छलफल गरिरहेको बताएका छन् ।


४ भदौ २०८०, सोमवार १७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु