punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा दशैँ मेला आयोजना हुने

Chaupati
safha napa

हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको छ। आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिन लागेको हो ।

आयोजकले आज सोमवार धनगढीमा  पत्रकार सम्मेलन मार्फत मेला आयोजना गर्न लागेको  जानकारी दिएको छ  ।

साङ्गेतीक क्षेत्रको प्रबर्द्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए ।

पर्यटन तथा सांस्कृतिक प्रबर्द्धन , स्थानिय व्यापार प्रबर्द्धन , छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेषभुषा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन् ।

आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गितिक प्रदर्शन रहने छ ।

सुदूरपश्चिम महोत्सव भएको स्थानमा गरिन लागेको मेलामा व्यापारिक फर्म, किसान, उद्योगीहरुलाई स्टल राख्नका लागि बुकिङ खुल्ला गरिने आयोजकले बताए ।

मेलामा तीन सय बढी स्टल रहने अनुमान रहेको उनको भनाई छ । मेला अवलोकन गर्न जाने प्रति व्यक्तिलाई एक सय रुपैयाँ प्रवेश शूल्क लाग्ने छ । मेला अवधिभर झण्डै एक करोड ३२ लाख बराबरको खर्च रहने अनुमान आयोजकको रहेको छ।


४ भदौ २०८०, सोमवार १९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु