nast

धनगढीमा दशैँ मेला आयोजना हुने

हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको छ। आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिन लागेको हो ।

आयोजकले आज सोमवार धनगढीमा  पत्रकार सम्मेलन मार्फत मेला आयोजना गर्न लागेको  जानकारी दिएको छ  ।

साङ्गेतीक क्षेत्रको प्रबर्द्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए ।

पर्यटन तथा सांस्कृतिक प्रबर्द्धन , स्थानिय व्यापार प्रबर्द्धन , छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेषभुषा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन् ।

आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गितिक प्रदर्शन रहने छ ।

सुदूरपश्चिम महोत्सव भएको स्थानमा गरिन लागेको मेलामा व्यापारिक फर्म, किसान, उद्योगीहरुलाई स्टल राख्नका लागि बुकिङ खुल्ला गरिने आयोजकले बताए ।

मेलामा तीन सय बढी स्टल रहने अनुमान रहेको उनको भनाई छ । मेला अवलोकन गर्न जाने प्रति व्यक्तिलाई एक सय रुपैयाँ प्रवेश शूल्क लाग्ने छ । मेला अवधिभर झण्डै एक करोड ३२ लाख बराबरको खर्च रहने अनुमान आयोजकको रहेको छ।


४ भदौ २०८०, सोमवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु