punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा पुनः गयो भूकम्पको अर्को धक्का

Chaupati
safha napa

बझाङमा भूकम्प गएको छ। बझाङमा २४ घण्टा नबित्दै फेरि खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि साउन ३२ गते बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा केन्द्रविन्दु भएर ३ दशमलव ७ म्याग्निच्युडकोे भुकम्प गएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भुकम्प सामान्य गएको हुँदा कुनै भौतिक र मानवीय क्षेती नभएको हुनसक्ने जनाइएको छ।भूकम्पको धक्का बझाङ सहित बैतडी आसपासका जिल्लामा पनि महसुस भएको थियो ।


१ भदौ २०८०, शुक्रवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु