punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग

Chaupati
safha napa

डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग गरिएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको हो।

आज(शुक्रवार) डिनको कार्यालयले एक सूचना जारी गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १÷१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयो थेरापीका र नर्सिङ साइन्सका लागि ३÷३ जना उपप्राध्यापक माग गरेको छ।

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। अहिले डडेल्धुरा अस्पतालमा उप–क्षेत्रीय अस्पतालको सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताइएको छ।


१ भदौ २०८०, शुक्रवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु