सामान्यप्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई माओवादी केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमारी साह मन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पदमा जनमतलाई दिन लागेको हो ।
२८ साउन २०८०, आइतवार १७:५१ बजे प्रकाशित













