एमालेको नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि पनि एमालेले संसद् अवरुद्ध गरेको हो ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने मागमा समर्थन नजनाएका कारण एमालेले संसद् अवरुद्ध गरेको हो ।

एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक भोलि बुधबारसम्मका लागि स्थगित गरिएको छ ।


२३ साउन २०८०, मंगलवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु