सुनको मूल्य १ लाख १३ हजार माथि

काठमाडौ‌ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

 


३ साउन २०८०, बुधवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु