punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उत्कृष्ट काम गर्ने एआईजी मीरा चौधरीसहित २४ जना प्रहरी अधिकारी पुरस्कृत

पुरस्कृत हुनेको सूचीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख पनि

Chaupati
safha napa

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी, डीआईजी बुद्विराज गुरुङसहित २४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेको सूचीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक देबेन्द्र बहादुर पाल पनि परेका छन् ।

पुरस्कृत हुनेकै सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पनि रहेका छन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै उनीहरूलाई नगदसहित पुरस्कृत गरेका हुन् ।

अनुशासित ढंगले लगनशील, इमान्दार, व्यावसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै उनीहरूलाई पुरष्कृत गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची


३ साउन २०८०, बुधवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु