आज राष्ट्रियसभा बैठक बस्दै
आज मंगलवार राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरू हुनेछ ।
मंगलवारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।
१९ असार २०८०, मंगलवार ०९:४८ बजे प्रकाशित































