punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवरुद्ध महाकाली लोकमार्ग सुचारु

Chaupati
safha napa

गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग  भएको सुचारु छ। खलङ्गा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो।
सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। सडक सुचारु भएसँगै सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक सिंहले बताए।
मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु भएको हो।

 


१९ असार २०८०, मंगलवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु