punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

असार २३ गते धनगढीको स्वस्तिक अस्पतालले निःशुल्क मुटु ‘चेक अप’ र रक्तदान गर्ने

Chaupati
safha napa

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालिले ‘स्वस्थ मुटु, स्वच्छ मन, स्वास्थ्य नै मानव जीवनको पहिलो धन’ भन्ने मूल नाराका साथ मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर र बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । कैलालीको धनगढी सहिद गेटमा रहेको अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रमहरू गर्ने भएको हो ।

२०८० असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले गर्ने मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राइृग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी सेवन गरिराखेका बिरामी, मुटु ढुकढुक हुने, आत्तिने तथा डराउने लक्षण भएका व्यक्ति, आफूलाई मुटु सम्बन्धी समस्या भएको शङ्का गर्ने अथवा आफ्नो मुटुको अवस्था थाहा पाउन खोज्ने जुनसुकै व्यक्तिले पनि असार २२ गते राति १२ बजे भित्र सम्पर्क गरी सेवा लिन सक्ने अस्पतालका अध्यक्ष महेश राज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीका अनुसार अस्पतालले कोलेस्ट्रोल, ट्राइलिसाइड, एचडीएल, क्रेटीनाईन, हेमोग्लोबिन, युरिन आरईरएमई, इसिजी, एक हप्ताको लागी औषधि (मुटु सम्बन्धी समस्या देखिएका बिरामी लाई मात्र, मुटु रोग विशेषज्ञद्वारा निःशुल्क परामर्श गरी सात प्रकारका सेवाहरू पूणर् रूपमा निःशुल्क प्रदान गर्ने भएको छ ।

यस्तै, इन्ड्रोस्कोपी, टिएमटी, एबिपिएम, हल्टर, इकोकार्डियोग्राफी (इको) लगायतका अन्य निदानात्मक सेवाहरूमा ३० प्रतिशत छुट दिइने अध्यक्ष जोशीले बताए । जसका लागी बिरामी तथा आफ्नो मुटु सम्बन्धी चेकजाँच गराउन चाहने इच्छुक व्यक्तिहरूले २२ गते राति १२ बजे भित्र अग्रिम नाम दर्ता गराई सक्नुपर्ने अस्पताल स्रोतले स्पष्ट सार्वजनिक सूचना मार्फत जनाएको छ ।

यसका साथै अस्पतालले सोही दिन असार २३ गते नै बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गर्न गइरहेको जानकारी गराउँदै अस्पतालका अध्यक्ष जोशीले सम्बन्धित सबै पेसा व्यवसायीहरूमा रक्तदान जीवन दान जस्तो पुण्य कार्यमा सरिक हुन समेत आम सर्वसाधारणमा आग्रह गरे ।

 


१८ असार २०८०, सोमवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु