punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईसीसीले टेस्ट मान्यता दिएको आयरल्यान्डसंग प्रतिस्पर्धा गर्दै नेपाल

Chaupati
safha napa

आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौ स्थानका लागि आज नेपालले टेस्ट मान्यता प्राप्त टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसीले टेस्ट मान्यता दिएको आयरल्यान्ड एघारौं टोली हो।

आयरल्यान्डले सन् २०१८ मा टेस्ट टोलीको मान्यता पाएको थियो। आयरल्यान्ड टोलीले गणतन्त्र आयरल्यान्ड र नर्दन आयरल्यान्डको प्रतिनिधित्व गर्छ।

यो प्रतियोगितामा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणमा भएको प्रतिस्पर्धामा नेपाल पराजित भएको थियो। जिम्बावेले आठ विकेटले पराजित गरेको थियो।

त्यसपछि समूह चरणमै अर्को टेस्ट मान्यता टोली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो। क्यारेबियन क्षेत्रका १५ वटा देश तथा क्षेत्रको प्रतिनिधित्व गर्ने वेस्ट इन्डिजसँग पनि नेपालले हारेको थियो। वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।

आज टेस्ट मान्यता प्राप्त तेस्रो टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र आयरल्यान्डको खेल आज दिउसो १२ः४५ बजे जिम्बावेको हरारेस्थित ताकसिंगा स्पोर्ट क्लबको मैदानमा हुनेछ।

पछिल्ला पाँच एकदिवसीय खेलमा नेपालले दुई खेल जितेको छ भने तीन खेल हारेको छ। आयरल्यान्डको अवस्था पनि नेपालकै जस्तो छ। पछिल्ला पाँच एकदिवसीय खेलमा दुई खेल जितेको छ भने तीन खेल हारेको छ।


१९ असार २०८०, मंगलवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु