punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

Chaupati
safha napa

धनगढीको मनेहरा र जुगेडाका ३ जना युवा लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाँउका ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्टलाई लागूऔषधसहित आइतवार पक्राउ गरिएको हो।

भण्डारीले संचालन गरेको दुर्गेश्चरी मासु पसलमा शंकालागि चेकजाच गर्दा १ ग्राम लागूऔषध फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरि आइतवार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोबिन्द राना लागूऔषधसहित पक्राउ परेका छन्। उनलाई शंकालागी चेकजाच गर्दा १ ग्राम ७ मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


११ असार २०८०, सोमवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु